अर्घाखाँची,पुष ३-
५ नम्बर प्रदेश टुक्र्याउने प्रस्तावको विरोधमा अर्घाखाँचीमा सरकारी कर्मचारी र शिक्षक पनि आन्दोलनमा उत्रिएका छन् ।
संयुक्त संघर्ष समितिले गरेको तीनदिने अर्घाखाँची आमहड्तालको तेस्रो दिन आइतबार केही कर्मचारी र शिक्षक आन्दोलनमा सहभागी भएका छन् । बिहानैदेखि सन्धिखर्क र चुत्राबेंसी बजारमा नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका आन्दोलनकारीले १० बजे सबै सरकारी कार्यालयमा तालाबन्दीसमेत गरेका छन् ।