चितवन, पुस २–
राष्ट्रिय युवा जनस्वयंमसेवक चितवनको चौथो जिल्ला भेलाले नयाँ कार्यसमिति चयन गरेको छ ।
अटल श्रेष्ठको अध्यक्षता २५ सदस्य समिती निर्माण गरिएको हो । जसको उपाध्यक्षमा प्रकाश कुमाल र अशोक लामा, सचिवमा देउमी खडका, कोषाध्यक्षमा विशाल तामाङ चयन भएका छन ।
कार्यक्रम संगठनका केन्द्रिय सचिव किरण पोखरेल ‘केशव’ को प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा जिल्ला सेक्रेटरी शंकर अधिकारी, पश्चिम ताम्सालिङ ब्यूरो संयोजक हरि बस्नेतलगायतको उपस्थिति रहेको थियो ।