Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
व्याडमिन्टनमा रत्ननगर नगरपालिकाको बर्चस्व – Gaule Khabar

व्याडमिन्टनमा रत्ननगर नगरपालिकाको बर्चस्व

व्याडमिन्टनमा रत्ननगर नगरपालिकाको बर्चस्व

पोखरा, पुस १–
स्थानिय निकायमा कार्यरत कर्मचारीहरुबीचको राष्ट्रियस्तरको व्याडमिन्टन प्रतियोगितामा चितवनको रत्ननगर नगरपालिकाले बर्चस्व जमाएको छ ।
पोखरामा शुक्रबारदेखी सुरु भएको दोश्रो राष्ट्रिय खुल्ला सिंगल र डवल व्याडमिन्टन प्रतियोगितामा कुल १८ अंक जोड्दै रत्ननगर नगरपालिकाले अग्रता लिएको हो । डवल खेलमा एक जोडी क्वाटर फाईनलमा प्रवेश गरेको छ भने अर्काे एक जोडी प्रिक्वाटर फाईनलमा प्रवेश गरेको छ ।
डवल प्रतिस्पर्धामा रत्ननगर नगरपालिकाका रमेशलाल ताम्राकार र राजेन्द्र श्रेष्ठको जोडीले शुक्रवार दुई खेल जित्दै क्वाटर फाईनलमा पुगेको छ । पहिलो खेलमा ताम्राकार र श्रेष्ठको जोडीले धरान नगरपालिकाका किशोर अधिकारी र गणेश खतिवडाको जोडीलाई पराजीत गर्यो । ताम्राकार र श्रेष्ठले सो जोडीलाई २१–८ र २१–१३ को सोझो सेटमा पराजीत गरे । शुक्रवारै भएको प्रिक्वाटर फाईनलको खेलमा ताम्राकार र श्रेष्ठको जोडीले व्यास नगरपालिकाका कन्चनकुमार जिसी र मेघनाथ आचार्यको जोडीलाई कठिन जीत हात पार्दै क्वाटर फाईनलमा प्रवेश गर्यो ।
पहिलो खेलमा जित हात पारेको ताम्राकार र श्रेष्ठको जोडीलाई दोश्रो खेलमा व्यासका खेलाडीले रोक्न सफल भएपनि तेश्रो खेलमा जीत सुनिश्चित गरे । खेलमा ताम्राकार र श्रेष्ठको जोडी २१–१७,१७–२१ र २१–१८ को सेटमा जीत हात पार्यो । त्यस्तै डवल स्पर्धामा रत्ननगर नगरपालिकाका नवराज तिवारी र सन्तोष थापाले जीत हात पार्दै प्रिक्वाटर फाईनल प्रवेश गर्यो ।
तिवारी र थापाले स्याङ्जाका हरिकेदार श्रेष्ठ र चिरञ्जिवी अधिकारीलाई २१–१५ र २१ –१८ को सोझो सेटमा पराजीत गरे । रत्ननगर नगरपालिकाका रमेशलाल ताम्राकारले वाक ओभर पाउँदै सिंगल स्पर्धाको क्वाटरफाईनलमा प्रवेश गरे । पोखरा उपमहानगरपालिकाका धुव्रराज भट्टराई र दिपायल सिलगुडी नगरपालिकाका सरिफ श्रेष्ठले वाक ओभर दिएपछि ताम्राकार सोझै क्वाटरफाईनलमा प्रवेश गरे ।
पुरुष सिंगलको अर्को स्पर्धामा रत्ननगर नगरपालिकाका नवराज तिवारी र सन्तोष थापा पराजीत भए । तिवारीले पहिलो सिंगल स्पर्धामा वाक ओभर पाएका थिए । यस्तै प्रतियोगिताको डवल स्पर्धामा भरतपुर उपमहानगरपालिका वाक ओभर पाउँदै क्वाटर फाईनलमा प्रवेश गरेको छ । स्थानिय निकाय कर्मचारी संघ नेपाल जिल्ला समिति कास्की पोखरा उपमहानगरपालिका इकाई समितिले प्रतियोगिताको आयोजना गरेको हो । प्रतियोगिताको डवल र सिंगल स्पर्धामा ३२,३२ टिमले भाग लिएका छन् । प्रतियोगिताको एक कार्यक्रमकाबीच पोखराको कवड हलमा नेकपा एमालेका सचिव योगेश भट्टराईले उद्घाटन गरेका थिए ।
स्थानिय निकाय कर्मचारी संघ नेपाल जिल्ला समिति कास्की पोखरा उपमहानगरपालिका इकाई समितिका अध्यक्ष छविलाल शर्माको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुङ्गाना, नारायण पौडेल, हरिकुमार श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका