WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BrH42tShMYcPcvYbr4q29nm0adjTnF0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-21 22:53:46', '', 'admlnlx', 'admlnlx')
नेपालगन्ज,पुस १-
संविधान संशोधन विधेयकको विरोधमा बाँकेमा आजदेखि फेरि आन्दोलन शुरु भएको छ ।एमाले लगायतका दल र अन्य संस्थाहरु सम्मिलित संयुक्त संघर्ष समितिले विधेयकको विरोधमा आज बिहानैदेखि नेपालगञ्ज र कोहलपुर बजार ठप्प पारेका छन् ।फाट्टफुट्ट चलेका केही मोटरसाइकलहरुबाहेक राजमार्ग पनि सुनसान भएको छ । भित्री सडक र बजारहरु भने निर्वाध संचालनमा छन् । बन्द गराउँदै सडकमा ओर्लिनेमा अधिकांश एमालेका कार्यकर्ताहरु देखिन्छन् ।
संविधान संशोधन विधेयक संसदमा दर्ता भएपछि ५ नम्बर प्रदेश अन्तरगतका विभिन्न जिल्लाहरुमा विरोध प्रदर्शन हुँदै आएको छ ।यसैविच नेपालगन्जमा बन्दका क्रममा सरकारी बाइक समेत तोडफोड गरिएको छ ।