Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
दुई वर्षभित्र खानेपानीको आपूर्ति ः राज्यमन्त्री खडका – Gaule Khabar

दुई वर्षभित्र खानेपानीको आपूर्ति ः राज्यमन्त्री खडका

दुई वर्षभित्र खानेपानीको आपूर्ति ः राज्यमन्त्री खडका

बनेपा,मंसिर ३० –

खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले सरकारले आगामी दुई वर्षभित्र न्यूनतम खानेपानीको आपूर्ति गर्ने बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको धुलिखेलमा आज भएको जिल्ला सरसफाइ सम्मेलनमा उहाँले खानेपानीको अभावमा सरसफाइ हुन सक्दैन भन्नुभयो ।
खानेपानी र सरसफाइलाई प्राथमिकतामा राखेर सरकारले कार्यक्रम तय गरेको छ राज्यमन्त्री खडकाले भन्नुभयो ।

“उहाँले पहाडी जिल्लामा खानेपानीको आपूर्ति पूरा गर्न पम्पिङ प्रणालीमा जोड दिँदै सरकारले त्यसलाई विस्तार गर्ने बताउनुभयो । सरसफाइको क्षेत्रमा खर्चको अनुपातमा उपलब्धि हासिल हुन नसकेको उल्लेख गर्दै उहाँले खानेपानी र सरसरफाइ विकासको सूचक हो भन्नुभयो” ।

मन्त्री खड्काले बढदो सहरीकरणले फोहोरको व्यवस्थापन र उचित ढल निकासमा जटिलता भएको उल्लेख गर्दै सरसफाइले संस्कारको समेत पहिचान हुने उल्लेख गर्नु भयो ।

उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादेले खानेपानी नैसर्गिक अधिकार भएको उल्लेख गर्दै भूकम्प प्रभावित क्षेत्रमा खानेपानीको विशेष कार्यक्रम आवश्यक रहेको बताउनुभयो ।

खानेपानी तथा ढल निकास विभागका महानिर्देशक तेजराज भट्टले भूकम्प प्रभावित घर निर्माणमा रु २५ हजार शौचालयका लागि छुट्टाएको जानकारी दिँदै काभ्रेपलाञ्चोकको केही गाविसलाई सुख्खा क्षेत्र घोषणा गरेर कार्यक्रम सञ्चालन भएको उल्लेख गर्नुभयो ।

काभ्रेपलाञ्चोकका स्थानीय विकास अधिकारी टेकराज निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा सांसदद्वय विदुर सापकोटा, रामहरी सुवेदीले भूकम्पका कारण खानेपानीको मूल सुकेकाले त्यसलाई सञ्चालनमा ल्याउन माग गर्नु भयो ।

सम्मेलनमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, धुलिखेलका प्रमुख मोहनलाल जैसीले जिल्लामा खानेपानीको विद्यमान अवस्था र सरसफाइको अवस्थाबारे अवधारणापत्र प्रस्तुत गर्नुभएको थियो । जिल्लामा अहिलेसम्म ३८ गाविस खुल्ला दिशामुक्त घोषणा भएका छन् । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका