WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BNPzEoV7HmexIMS4mxy04oZXGFpi580', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 20:05:38', '', 'admlnlx', 'admlnlx')
पर्सा, मंसिर ३० –
पर्साको निर्मलबस्ती गाविसमा गएराति जङ्गली हात्तीको आक्रमणमा परी एक व्यक्तिको मृत्यु भएको छ ।
वनबाट आएको हात्तीले आक्रमण गर्दा निर्मलबस्ती गाविस–४, सिकारीवास टोल निवासी ४५ वर्षीय रोघाई चौधरीको मृत्यु भएको हो ।
तोरीबारीमा राति बाली जोगाउन पहरा बसेका बेला वनबाट आएको हात्तीले आक्रमण गर्दा चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । मृतक चौधरीको शव परीक्षणका लागि वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।
पर्सा वनजन्तु आरक्षबाट आहारा खोजीका लागि बाहिरिने हात्तीलगायत जङ्गली जनावरको आक्रमणमा परी पर्साको ठोरी, निर्मलबस्तीलगायत वनसँग जोडिएका गाविसका दर्जानौँ बासिन्दाले बर्सेनि ज्यान गुमाउँदै आएका छन् । – रासस