Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
डुङ्गा पल्टिदाँ एकको मृत्यु आठ बेपत्ता – Gaule Khabar

डुङ्गा पल्टिदाँ एकको मृत्यु आठ बेपत्ता

डुङ्गा पल्टिदाँ एकको मृत्यु आठ बेपत्ता

टोकियो,मंसिर २९–

पश्चिमी जापानको तटीय क्षेत्रमा बुधबार बिहान सवेरै माछा मार्ने एक डुङ्गा दुर्घटना हुदाँ कम्तीमा एक व्यक्तिको मृत्यु हुनुको साथ अन्य आठ जना बेपत्ता भएका छन् ।
जापानको सिमाने प्रान्तको मत्सुइ सहरमा रहेको एक समुद्रमा बुधबार बिहान स्थानीय समयानुसार ५ः२० बजे माछा मार्ने प्रयोजनका प्रयोग हुने एक डुङ्गा पल्टियो भन्ने खवर जापान तटीय गार्डले टेलिफोनमार्फत पाएको बताइएको छ ।
सो डुङ्गाको ७६ टनसम्म माछा बोक्ने क्षमता भएको र अर्को एक डुङ्गाले घिसाएर लगेपछि इन्जिङमा समस्या आई पल्टिएको स्थानीय समाचारदाताले बताएको छ ।
सो क्षेत्रमा कडा हावा हुरीको कारण मौसम पनि खराब भएको कारण दुर्घटना भएको जनाइएको छ ।
पल्टिएको सो डुङ्गाको चालकदलका एक सदस्यलाई उद्धार गरिएको तर उपचारको क्रममा उनको अस्पतालमा मृत्यु भएको र अन्य आठ जना बेपत्ता रहेका बताइएको छ ।
बेपत्ता भएका व्यक्तिहरुमा २१ बर्षीय एक इन्डोनेसियाली र सात जान जापानी नागरिकहरु रहेका छन् । रासस ÷सिन्ह्वा

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका