WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BEHj2hJm2umX1UxHqmlLttcev/IJLj1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-28 00:13:10', '', 'admlnlx', 'admlnlx')
चितवन, मंसिर २८–
सहाराविहीन बालबालिकाहरुलाई आश्रय दिईरहेको ‘सानो घर’ लाई सहयोगार्थ ‘एक कप चिया’ कार्यक्रम गरिएको छ ।
आज (मंगलबार) विहान नारायणगढस्थि नारायणी मोटर्स अगाडी एक कप चिया विक्रीबाट संकलित रकम आज ‘सानो घर’लाई सहयोग प्रदान गरिएको हो । आजको कार्यक्रमबाट संकलित ७० हजार ६ सय ३५ रुपैयाँ सानो घरकी संचालिका विमला श्रेष्ठलाई प्रदान गरिएको छ ।
नारायणी मोटर्स, हर्ट फाउण्ड नेपाल, रोटर्याक्ट क्लव अफ भरतपुरको संयुक्त आयोजनामा कार्यक्रम भएको हो । खाएर पनि समाज सेवा गर्न सकिन्छ भनेर यस कार्यक्रम गरिएको आयोजक नारायणी मोटर्सका संचालक बालगोपाल चुकेले जानकारी दिनुभयो । कार्यक्रमको अनलाईन पार्टनर नारायणी अनलाईन डटकम र रेडियो पार्टनर रेडियो त्रिवेणी रहेको थियो ।