Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पर्यटकको सङ्ख्यामा दोब्बर वृद्धि – Gaule Khabar

पर्यटकको सङ्ख्यामा दोब्बर वृद्धि

पर्यटकको सङ्ख्यामा दोब्बर वृद्धि

सोलुखुम्बु, मंसिर २८ –

पर्यटकको भीड लाग्ने शरद ऋतु ९सेप्टेम्बर, अक्टोबर र नोभेम्बर०महिनामा सगरमाथा क्षेत्रमा पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको छ ।

भूकम्प तथा नाकाबन्दीका कारण अघिल्लो शरद ऋतुमा पर्यटक नआउँदा थलिएको सगरमाथा क्षेत्रको पर्यटन व्यवसायमा यस वर्ष सुधार आएको छ । अघिल्लो वर्ष सेप्टेम्बरमा एक हजार ५७४ जना, अक्टोबरमा पाँच हजार २१२ र नोभेम्बरमा तीन हजार ७७९ विदेशी पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका थिए ।

यस वर्ष उक्त समयमा १९ हजार ४१७ पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् । सगरमाथा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी जयराम न्यौपानेका अनुसार यस वर्षको सेप्टेम्बरमा ३ हजार १३० जना, अक्टोबरमा १० हजार १३ र नोभेम्बरमा ६ हजार २७४ विदेशी पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् ।

सगरमाथा क्षेत्रमा सेप्टेम्बरदेखि नोभेम्बर तथा मार्चदेखि मेसम्ममा पर्यटक दृष्यावलोकन तथा हिमाल आरोहणका लागि आउने गरेका छन् । छ महिना व्यवसाय सञ्चालन तथा बाँकी छ महिना बन्द रहने सगरमाथा क्षेत्रका व्यवसायी यस वर्ष पर्यटक आगमनमा भएको सुधारसँगै उत्साहित बनेका नाम्चेका होटल व्यवसायी कर्मा शेर्पा बताउनुहुन्छ । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका