Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
उपराष्ट्रपति पुन आज नवलपरासी आउँदै – Gaule Khabar

उपराष्ट्रपति पुन आज नवलपरासी आउँदै

उपराष्ट्रपति पुन आज नवलपरासी आउँदै

नवलपरासी, मंसिर २२ –

उपराष्ट्रपति नन्दबहादुर पुन बिहीबारदेखि नवलपरासीको सुनवलमा सञ्चालन हुुने पश्चिमाञ्चल स्तरीय नवलपरासी औद्योगिक व्यापार मेला उद्घाटन गर्ने सिलसिलामा आज साँझ नवलपरासी आउन लाग्नुभएको छ ।

मेला मूल आयोजक समितिका संयोजक भीमबहादुर थापा ९भरत०का अनुसार उपराष्ट्रपति पुन आजै नवलपरासी आई सुनवलस्थित लोटस रिसोर्टमा बस्ने कार्यक्रम छ । सो क्रममा उपराष्ट्रपति पुनले आजै साँझ जिल्लाका सरकारी कार्यालयका प्रमुख र जिल्लाका वरिष्ठ उद्योगी व्यवसायीसँग छलफल गर्ने कार्यक्रम छ ।

उपराष्ट्रपति पुन बिहीबार बिहान भगवान् गौतमबुद्धको अस्थीधातु रहेको नवलपरासीको रामग्राम स्तुपाको अध्ययन, अवलोकन गर्ने कार्यक्रम छ भने बिहीबार दिउँसो औद्योगिक व्यापार मेला उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

नवलपरासीमा आगामी मङ्सिर २३ गतेदेखि सञ्चालन हुन लागेको पश्चिमाञ्चलस्तरीय नवलपरासी औद्योगिक व्यापार मेलाको तयारी पूरा भएको छ । ‘शान्त समृद्ध उद्योग र व्यापार राष्ट्र निर्माणको बलियो आधार’ भन्ने नाराका साथ उद्योग वाणिज्य सङ्घ नवलपरासीको मुख्य आयोजनामा जिल्लाको सुनवलमा सञ्चालन हुने मेला आगामी पुस ३ गतेसम्म चल्नेछ ।

कृषि, पर्यटन, उद्योग व्यापार एवम् सूचना प्रविधिको बृहत् प्रदर्शन रहेको मेलामा यससम्बन्धी करिब तीनसय स्टल रहनेछन् । मेलाको कुल तीनलाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । मेलामा करिब रु १० करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य लिइएको आयोजक उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवम् मेला मूल आयोजक समितिका संयोजक भीमबहादुर थापा ९भरत०ले बताउनुभयो ।

मेलामा नवलपरासी रुपन्देही, चितवनसहित छिमेकी भारतीय बजारबाट समेत विदेशी अवलोकनकर्ता आउने अनुमान छ । मेलाको मुख्य आकर्षणका रुपमा यसपटक हेलिकप्टर र डुङ्गाको यात्रा रहनेछ ।

तेस्रोपटक उद्योग वाणिज्य सङ्घको आयोजनामा हुन लागेको यस वर्षको मेलाको मुख्यद्वारमा मायादेवीको मन्दिर मूल आकर्षणका रुपमा रहेको छ । – रासस
–––––––

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका