Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
संविधान संसोधन प्रस्ताव विरुद्ध गुल्मीमा बिशाल जन प्रर्दशन (फोटो फिचर) – Gaule Khabar

संविधान संसोधन प्रस्ताव विरुद्ध गुल्मीमा बिशाल जन प्रर्दशन (फोटो फिचर)

संविधान संसोधन प्रस्ताव विरुद्ध गुल्मीमा बिशाल जन प्रर्दशन (फोटो फिचर)

अनिल खत्री,

गुल्मी मंसिर २० –

सरकारले संबिधान संसोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएको बिरोधमा गुल्मीमा आन्दोलन अझ चर्कदै  जान थालेको छ । सोमबार छैठौं दिन आन्दोलनकारीहरुले सदरमुकाम तम्घासमा बिशाल जुलुस प्रर्दशन र बिशाल सभा गरेका छन् । विरोध कार्यक्रममा ‘सिमांकन हेरफेर गर्न पाइँदैन, पाँच नम्बर प्रदेश टुक्राउन पाइँदैन, राष्ट्रघाति प्रस्ताव फिर्ता गर, हाम्रो आन्दोलन जारी छ, जस्ता नाराहरु लगाउँदै बिरोध गरेका छन् ।

आन्दोलनमा जिल्लाका बिभिन्न स्थानबाट उलेख्य जनसहभागित रहेको थियो । सभालाई संबोधन गर्दै आन्दोलन परिचालन कमिटीका संयोजक नेपाली कांग्रेसका पार्टी सभापति भुवन प्रसाद श्रेष्टले सरकारले संसोधन फिर्ता लिएर अखण्ड ५ नं प्रदेश घोषणा नगरे सम्म कुनैपनि हालतमा आफुहरु आन्दोलनबाट पछि नहट्ने बताए । सभामा नेकपा एमाले, माओवादी केन्द्र,लगायतका जिल्लाका ११ क्रियाशिलदलका प्रमुख उद्योग वाणिज्य संघ, नागरिक समाज, गैरसरकारी संस्था महासंघ, बिभिन्न राजनितिक दलका भात्रिसंगठन लगायका प्रमुखहरुले सम्बोधन गर्दै एक मुठी सास र एक थोपा रगत रहे सम्म ५ नं प्रदेशबाट अलग्याउन नदिने र त्यसको बिरुद्धमा आन्दोलन थप शसक्त पार्ने बताए छन् । बिशाल सभामा राष्ट्रिय कलाकार बैकुण्ठ महत, सन्तु थापा, तुलसिंह रनपछाई, महेन्द्र भण्डारी लगायले गित मार्फत सरकारलाई संबिधान संशोधान फिर्ता लिन दबाव दिएका थिए ।
img_1046सरकारले संबिधान संसोधनमा पाँच नम्बर प्रदेश पहाडी जिल्ला टुक्राएको बिरोधमा गुल्मीमा आइतवार पनि सरकारी कार्यलयमा कामकाज ठप्प पारेका छन् । अन्दोलनरत उद्योग वाणिज्य संघ, स्थानिय राजनितिकदल, बिभिन्न बिद्यार्थी संगठन लगायत स्थानिय बासीले जिल्ला प्रशासन कार्यालय गुल्मी र जिल्ला बिकास समितिको कार्यालयमा १ घण्टा धर्ना बसी काजमा ठप्प पारेका हुन । सरकारी कार्यालयमा धर्ना पछी बजारमा प्रर्दशन समेत गरेका छन् । संशोधन प्रस्ताव तुरुन्त फिर्ता गराउन दवाव दिन भन्दै गुल्मीमा आजै साँझ मसाल जुलुस गर्ने भएका छन् ।
img_1030सरकारले संबिधान संशोधनमा पहाडी जिल्ला टुक्राएको बिरोधमा ६ दिनदेखि गुल्मी अनिश्चित कालिबन्द हुदै आएको छ । बन्दकर्ताले बिहानै देखि बन्दा गराउदै हिडनाले जिल्लाको सदरमुकाम तम्घास सगै ग्रामीण भेगका मुख्य बजार,कलकारखाना तथा जिल्लाबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधन छुटेका छैनन् । लगातारको बन्दबाट गुल्मीको जनजिवन कष्टकर बन्दै गएको छ ।
img_1080आन्दोलनलाई थप अराजक बन्न नदिनको लागि स्वयसेवक दल समेत गठन गरिएको छ । आन्दोलन अवधिभर कुनै पनि राजनितीक दलको झण्डा प्रयोग नगर्ने र राष्ट्रिय झण्डा प्रयोग गर्ने आन्दोलन परिचालन कमिटीले निर्णय गरेको छ । बिद्यालयहरुमा अर्धबार्षिक परिक्षा संचालन भएकाले थप समस्या नहोस भन्नका लागि शैक्षिक संस्था बन्द नगरिएको संयुक्त आन्दोलन परिचालन कमिटीका सदस्य मधुकृष्ण पन्तले बताए । लामो तथा छोटो दुरीका सवारीका साधन नचलेपछि कुलपुजाको लागी स्वदेश तथा बिदेशबाट घर फर्कनेहरु मर्कामा परिरहेका छन् ।
img_1024जिल्लाका राजनीतिक दल, एवं भातृ संघ संगठन, गैरसरकारी संघसंस्थाको समर्थनमा आन्दोलन परिचालन कमिटी गठन गरिएको छ । संविधान प्रति असन्तुष्टि जनाउँदै आएका केही राजनीतिक दलको मागलाई सम्बोधन गर्ने नाममा सरकारले आम नागरिकको चाहना र भावना विपरित गएर संविधान प्रस्ताव संशोधन गर्न लागेको भन्दै स्थानीय आन्दोलित बनेको गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष दुर्गा पाण्डेयले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका