Warning: Trying to access array offset on value of type bool in /home/gaulekhabar.com/public_html/wp-content/themes/nepali-news-portal/header.php on line 21
पर्यटकको सहयोगमा विद्यालय निर्माण – Gaule Khabar

पर्यटकको सहयोगमा विद्यालय निर्माण

पर्यटकको सहयोगमा विद्यालय निर्माण

काठमाडौँ,मंसिर २० – बाह्य पर्यटकको सहयोगमा भूकम्पले भत्काएको सिन्धुपाल्चोक जिल्ला बतासे गाविसस्थित सेतीदेवी निमाविको भवन बनेको छ ।
ि वद्यालयमा हाल १८६ विद्यार्थी अध्ययनरत छन् । हिमालय पिस एजुकेसन फाउन्डेसनमार्फत रु २६ लाखको लागतमा नौकोठे तीन भवन र चार शौचालय निर्माण गरिएको संस्थाका अध्यक्ष राजेन्द्रबहादुर लामाले राससलाई बताउनुभयो ।

नेपाल घुम्न आउने फ्रान्सेलीको संस्था हिमाल पिरामिस, क्लब अल्पाइन डी स्ट्रासवर्ग, स्विट्जरल्यान्डका कास्पर डिउरिङ र साथीहरु, अमेरिकाका मार्क फिस्टर र रिच काल्र्सन, लातभियाका इन्ट्स मर्निक्स र साथीहरु एवम् अस्ट्रियाका स्टेफेन केक तथा एसओएस नेपालसहित पर्यटकले विद्यालय निर्माण गर्न रकम पठाएको फाउन्डेसनका महासचिव डवीन्द्र लामाले बताउनुभयो ।

नवनिर्मित सो भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ । फाउन्डेसनले गोर्खाको चुम्चेत गाविसमा एसओएस नेपालको सहयोगमा सिप्चेत प्राविको पाँचकोठे भवन पनि बनाएको छ ।

त्यस्तै नेपाली सोसाइटी अफ बसेल स्विट्जरल्यान्डको सहयोगमा नुवाकोट, थानापति गाविसमा थानापति प्राविको चारकोठे भवन पनि बनाइएको तर विद्यालयलाई हस्तान्तरण गर्न भने बाँकी नै छ ।

सो संस्थाले नुवाकोट, गोरखा र सिन्धुपाल्चोकका भूकम्पले भत्काएका छ विद्यालय बनाइसकेको अध्यक्ष लामाले बताउनुभयो । – रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमे अरू सैसँग साझा र्दैनं।

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका