चितवन, मंसिर १७–
पूर्वी चितवनको जयमगंलामा हुन लागेको बृहत श्रीमद् भागवत धन धान्याञ्चल ज्ञान महायज्ञको उद्घाटनका लागी उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि आउनु हुने भएको छ ।
रत्ननगर–१३ जयमंगलास्थित श्रीराम मन्दिर तथा श्रीराम वैदिक संस्कृत गुरुगुलमको संयुक्त आयोजनामा यहि मंसिर २१ गते देखि २९ गतेसम्म बृहत श्रीमद् भागवत धन धान्याञ्चल ज्ञान महायज्ञ हुँदैछ ।
धन धान्याञ्चल ज्ञान महायज्ञको उद्घाटनका लागी प्रमुख अतिथीका रुपमा उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि आउने मुल समारोह समितीका संयोजक भेषराज दुवाडीले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजकले महायज्ञको तयारीलाई तिब्र पारेको छ ।
पुर्वनिर्धारित कार्यक्रम अन्तर्गत भोलि र पर्सि राममन्दिरबाट सुरु भई पूर्वी चितवनका ४ ओटै नगरपालिकामा माईकिङ गर्ने आयोजकले जनाएको छ ।
पूर्वी चितवनको रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका, राप्ती नगरपालिका तथा कालिका नगरपालिकाका विभिन्न क्षेत्रमा माईकिङसँगै निमन्त्रणपत्र बितरण गरिने संयोजक दुवाडीले जानकारी दिनुभयो ।
वैदिक सनातन धर्म र संस्कृतिको संरक्षण र संबद्र्धन तथा संस्कृत शिक्षाको केन्द्रको रुपमा यस मन्दिरको विकासका लागी महायज्ञ हुन लागेकाले धेरैले सहयोगको प्रतिबद्धता जनाएको मुल समारोह समितीका संयोजक दुवाडीले जानकारी दिनुभयो ।
महायज्ञबाट संकलित रकमले हालको गुरुकुलमको कक्षा १० जोड २ सम्म स्तरोन्नति गर्ने, पुरानो ऐतिहाँसिक संरचनाको जिर्णोद्धार गर्ने, मन्दिर परिसरमा विवाह मण्डप र छात्रावास निर्माण गर्ने तथा गुरुकुलमका लागी छुट्टै आवास निर्माण गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ ।
८ दिनसम्म चल्ने महायज्ञमा पण्डित श्री अच्युतकृष्ण अधिकारीको मुखारविन्दबाट कथा बाचन हुनेछ । स्थानिय युवा, अनुदानबाट धेरै सहयोग जुटाउने योजना बनाईएकाले महायज्ञ सम्पन्न गर्न ५ देखि ७ लाख रुपैयाँ खर्च लाग्ने र १ करोड भन्दा बढि आर्थिक संकलन हुने आयोजकको अनुमान रहेको मुल समारोह समितीका उप–संयोजक तथा श्रीराम मन्दिर व्यवस्थापन समितीका अध्यक्ष रामप्रसाद भट्टराईले बताउनुभयो ।
उप–संयोजक भट्टराईका अनुसार महायज्ञको व्यवस्थापकिय पक्षलाई चुस्त दुरुस्त पार्न आयोजकले १ हजार १ सय १ सदस्यीय मुल समारोह समिती र १३ ओटा उप समिती गठन गरि कार्यबिभाजन समेत गरेको छ ।
यस्तै प्रचार प्रसारका लागी यहि मंसिर २० गते रत्ननगर–खैरहनी–कालिका नगरपालिकाका बिभिन्न क्षेत्रमा १ सय भन्दा बढि मोटरसाईकल ¥याली निकाल्ने आयोजकको तयारी छ ।
यस्तै २१ गते मन्दिर परिसरबाट पन्चनदीसम्म कलस यात्रा निकालिने जनाईएको छ । वि.सं. २०४९ सालमा श्रीराम मन्दिर र २०६४ सालमा श्रीराम वैदिक संस्कृत गुरुकुलमको स्थापना भएको हो । गुरुुकुलममा हाल ५० जना बिद्यार्थी, ६ जना शिक्षक तथा २ कर्मचारी आवासिय सुबिधा सहित रहेका छन ।